Thursday, 20 June 2013 07:48 - Brussel Nepal
न्यु योर्क ,अमेरिका ,५ असार /जुन १९ । नेपालमा भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट ठुलो धन जन को क्षति भएकोमा ३१ औ ए एन ए आयोजक समिति तथा ए एन ए संचालक समिति गहिरो दुख प्रकट गर्दछ l
प्राकृतिक प्रकोपबाट घरबार बिहिन परिवार प्रति स्थानीय निकाय ,सरकार तथा सम्पूर्णबाट ठुलो मानवीय सहयता तथा आर्थिक सहयोग पाउने छन् भन्ने विश्वास राख्दछ lयहि जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ ए एन ए सम्मेलनमा करिब १० हजार जति सहभागी हुने अनुमान गरिएको छ l ३१ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक समिर महर्जन तथा समुह तथा संचालक समितिको निर्णय अनुसार ३१ औ ए एन ए सम्मेलन मार्फत प्रत्येक सहभागी शुल्कबाट उठेको रकमबाट नेपालको बाढी पिढितको लागि $ १ डलर (अमेरिकन डलर )प्रदान गरिने छ l
साथै ३१ औ ए एन ए सम्मेलनमा नेपालको बाढी पिढितको लागि पृथक टेबलको व्यवस्था गरिने छ र आर्थिक संकलन राहत कोष बाकस (खुत्रुके )राखिने छ lए एन ए सम्मेलनमा सहभागी हुन् आएका प्रत्येकबाट उठेको $ १ डलर तथा संकलनबाट उठेको थप रकम सहित उठाई नेपाल सरकारको सम्बन्धित निकायलाई हस्तान्तरण गरिने छ l
यसै बिच ए एन ए का आजीवन सदश्य तथा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष-अर्जुनप्रसाद मैनालीले एक हप्ताको पुरै तलब ए एन ए मार्फत दिने घोषणा गरेका छन lर ए एन ए ले यसको नेतृत्व लिने घोषणा गर्दै यस्तो मानवीय तथा आर्थिक सहयता गर्न अमेरिका भरि रहेका सम्पूर्ण दाजुभाई दिदि बहिनि ,संघ तथा संस्था तथा सबैलाई आग्रह गर्दै बिस्तृत जानकारी लिन चाहे निम्न व्यक्तिहरु संग सम्पर्क गर्न सक्नु हुनेछ l
छेवांग शेर्पालामा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , New york ,347 355 8237
विजय थापा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , Virginia ,703 855 2579
समिर महर्जन This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , New York 347 409 1293
दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए)
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
अमेरिकामा ३१ औ ए एन ए सम्मेलन नजिकिदै छ । जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ ए एन ए सम्मेलन सम्बन्धि न्यु योर्कमा लिइएको बिसेष कार्यक्रमको भिडियो कार्यक्रम हेरी पछि उक्त संस्थाको बारेमा धेरै जान्न अवसर पाईने छ । उक्त संस्था द्वारा मेडिया पार्टनर (संचार सहयात्री)हुने सम्पूर्णलाई यो महत्पूर्ण' सम्प्रेषण 'कार्यक्रमलाई राखी दिनु हुन् अनुरोध गरीएको छ ।
उक्त कार्यक्रमको पहिलो भिडियो क्लिपको यो पहिलो खण्ड तल प्रस्तुत गरीएको छ ।
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
भाई इस्ट मान वाईबा, कुवेत - कुवेतवासी नेपालीहरुको चाहना अनुशासित समाज र सामाजिक भावना नाराका सात १४ बर्षको लामो ईतिहास बोकेको नेपाली समाज कुवेतको पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ५ औं अधिवेशन गत शुक्रबार फाहाहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष धर्मराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव ईन्द्र भुसालले सञ्चालन गरेका थिए । भने प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत महमायीम मधुबन पौडेल र उहाँकी धर्मपत्नी सिता पौडेल, द्वितीय सचिव अम्बिका जोसी, सहचारी सचिब राम बिनय राय, कर्मचारी भुवन पौड्याल, श्रम सहचारी श्रीजना तिवारी पत्रकार महासँघ बैदेशिक शाखा कुवेतका अध्यक्ष सुजन केसी, तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, युएई एक्सचेन्जका मार्केटिङ अफिसर राम बस्नेत, खाडी न्यूजका सह सम्पादक लामा भाई, मेचिकाली बचत समुहका अध्यक्ष बसन्त थापा, ठकुरी समाजका सम्योजक डम्बर मल्ल, नयाँ नेपाल क्लबका प्रतिनिधि नवराज पराजुली, मातृभूमी युवा क्लवका अध्यक्ष ऋषी थापा, जन-प्रगतिशिल मञ्चका उपाध्यक्ष दावा थोकर, नेवा गुठीका नवराज श्रेष्ठ, अल-अमाना सेक्युरिटी ग्रुपका अपरेशन म्यानेजर होमनाथ गिरी र पत्रकारहरु छत्र कार्की साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
महमायीम मधुबन पौडेल ज्युले मैनबती प्रज्वलन गरि उद्घाटन गर्नु भएको उक्त अधिवेशन समारोमा नव-निर्वाचित अध्यक्ष जय आलेले आफ्नो बौमुल्या समयलाई आजको एस माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ५औं अधिवेशन समारोहमा गरिमामयी उपस्थितिजनाई कार्यक्रमको सोभा बढाई दिनु भएकोमा सम्पूर्णजनालाई धन्यवाद ज्ञापन गर्दै आफु सन् २००८ मा कार्यसमितीमा प्रवेश गर्नु भएको थियो भने दोस्रो पल्ट कोषाध्यक्ष र तेस्रो पल्ट उपाध्यक्ष हुँदै एसपालिको ५ औं अधिवेशनमा अध्यक्ष पातमा जुन क्लबका कार्यसमिती सदस्यहरुबाट र सम्पूर्ण प्रवाशी नेपालीहरुबाट दिनु भएको भन्दै खुसी ब्यक्त गर्दै र यहाँहरुले म लगायत मेरा नयाँ कार्यसमिती टिमलाई जुन विश्वास गरेर दिनु भएको जिमेवारिलाई हामी नयाँ कार्यसमितीहरुले हमेस मानबचन र कर्मले पालना गर्ने छु र यो तपाइहरुको भरोषालाइ टुट्न दिने छैन भनेर नव-निर्वाचित अध्यक्ष जय आलेले सोहि कार्यक्रममा बताउनु भएको थियो ।
उक्त अधिवेशन समारोहमा नेपाली दुतावासका द्धित्तीय सचिव अम्बिका जोशीले अहिले कुवेतको पुलिसले कुवेत सरकारको निर्देशन बमोजिमनाइ इलिगल भाको सम्पूर्णलाइ जोलाई भेटेउ त्यसलाईनै समातेर आफ्नो मुलुग पठाउने कार्य भैरहेको हुदा त्यस कारणले जो कोहि पनि अनाबिग्य हुनुहुन्छ र त्यो भाई रहेको छ तर नेपाली हरु त्यति अहिले सम्म इन्डियन बंगाली जति पक्रेको त्यति पाएको छैन त्यहि पनि पर्दैन त्यस्तो भएको छैन भनेर हामी सुराछित छु भनेर भन्न चाही मिल्दैन तसर्थ आफुसंग भएका कागज पत्रहरु जे जति छन् सातमा लिएर सचेत भएर हिड्न आगरह गर्नुका सतै एती केहि हुन आएमा सिदै दुतावासलाई सम्पर्क गर्नु हुन र दुतावासले सक्दो सहयोग गर्नेछु भनेर पनि सोहि अधिवेशन समारोहमा दुतावासका द्वितीय सचिव अम्बिका जोशीले जानकारी दिनु भएको छ ।
यसैगरी कार्यक्रमका सभापति तथा निवर्तमान अध्यक्ष धर्मराज गिरीलाइ २ वर्ष सम्म आफ्नो क्लबको बिधि अनुसार अध्यक्ष पात समाल्न सफल हुनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नव-निर्वाचित अध्यक्ष जय आलेको अध्यक्षतामा सन् २०१३ जुन १४ देखी सन् २०१५ जुन ३० सम्मको लागि नयाँ कार्य समिती २३ सदस्यीय चयन गरेकोमा कार्य समिती मात्र नभई कुवेतबसी नेपालीहरुको चासोको बिसईबनि कुवेतमा क्रियासिल नेपाली दाजु भाई तथा दिदि बैनीहरुको दु:ख बेदनालाई र कुनै पनि कुरालाई आत्मा सात गर्दै अगि बढ्न कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेल, दुतावासका द्वितीय सचिब अम्बिका जोशी, श्रम सहचारी सृजना तिवारी, सहचारी राम विनय यादव, कर्मचारी भुबन पौड्याल, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष सुजन केसी, संस्थाका संस्थापक एवं मगर संघ कुवेतका अध्यक्ष मित्र सिंज्याली मगर, सल्लाहकार राजन कुंवर, तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, युएई एक्सचेन्जका मार्केटिङ अफिसर राम बस्नेत, खाडीन्यूजका सह सम्पादक लामा भाई, नेवा गुठीका अध्यक्ष नवराज श्रेष्ठ लगायत हरेक साँस्थाका एक एकजना व्यक्तिले बदाई एवं शुभकामना मन्तब्य दिनु भएको थियो ।
अन्त्यमा बरिष्ट ब्यक्तित्व एस.पी. प्रधानकी सुपुत्री नमरिता प्रधान निवर्तमान अध्यक्ष धर्मराज गिरीका सुपुत्र युवा र्यायप गायक सञ्जय गिरीले रेप पप तथा एङ्लिश् गीत गाएर उपस्थित सबैलाई मनोरन्जन दिएका थिए भने नेपाली परिकारको दिवाभोज समेत सोहि अधिवेसन कार्यक्रममा व्यवस्था गरिएको थियो । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको ५ औं अधिवेसनले निम्न व्यक्तिहरुलाई नयाँ कार्य समिती सदस्य पातमा छनोट गर्नु भएको छ ।
१) अध्यक्ष – जय आले – पर्वत (पोखरा)
२) उपाध्यक्ष – ईन्द्र भुषाल – पर्वत (पोखरा)
३) सचिव – जितेन थिङ – पोखरा
४) सह-सचिव – सविन राउत – उदयपुर
५) कोषाध्यक्ष – शिवराम पौडेल – तनहुँ (पोखरा)
६) सह-कोषाध्यक्ष – चन्द्र तामाङ – खोटाङ (पोखरा)
७) बिकास अनुसन्धान बिभाग प्रमुख – अमर गुरुङ – पोखरा
८) खेलकुद बिभाग प्रमुख – नवराज श्रेष्ठ – पोखरा
९) सुरक्षा बिभाग प्रमुख – आनन्द श्रेष्ठ – काठमाण्डौ
१०) बरिष्ट सदस्यहरु –
किरण पौड्याल – काठमाण्डौ
ईन्द्र पोखरेल – चितवन
जगत मगर – धनकुटा (धरान)
राम बस्नेत – मोरङ
किशोर शर्मा – स्याङ्जा
१५) सदस्य – सुरेश गुरुङ – संखुवासभा
१६) सदस्य – शिव श्रेष्ठ – धादिङ
१७) सदस्य – जित खड्का – खोटाङ
१८) सदस्य – डम्बर रिमाल – बारा
१९) महिला सदस्य – शिला गिरी – झापा
२०) महिला सदस्य – सरिता पौड्याल – काठमाण्डौ
२१) महिला सदस्य – डोल्मा आले शेर्पा – पोखरा
२२) महिला सदस्य – यशोदा घिमिरे – मोरङ
२३) महिला सदस्य – उषा पोखरेल – चितवन

Thursday, 20 June 2013 07:48 - Brussel Nepal
विजय थापा , भर्जिनिया ,अमेरिका : वाशिंगटन डि० सी०, जुन १५ ,जर्मनीका लागी पुर्व नेपाली राजदुत प्राध्यापक डा० नोबल किशोर राई संग एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो l
वाशिंगटन डि० सी० महानगर क्षेत्रमा बस्ने नेपाली समुदायद्वारा स्थापना गरिएको नेपाल खेलकुद तथा संस्कृति अन्तर्राष्टियको (Nepal sports and cultural international)आयोजनामा गरिएको उक्त कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका डा० राई संग एक अन्तरक्रिया-कार्यक्रम राखिएको थियो lअमेरिकाको लागी महामहिम नेपाली राजदुत डा० शंकर प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा वक्ताहरुमा क्रमस डा० श्याम कार्की (एन० आर० एन० का संस्थापक उपाधक्ष्य तथा पुर्ब: ए० एन० ए० अध्यक्ष) ,डा० चित्रकृष्ण तिवारी ,डा० शुकदेव शाह,डा० ठाकुर पुडासैनी (अध्यक्ष, अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डी० सी०)तथा डा० बिबेक पाण्डे हुनु हुन्थ्यो l
मन्तब्य कै क्रममा डा नोवल किसोर राईले नेताहरुको भाषण सुन्दा सुन्दा कान चिरिएको भन्ने प्रसंग उल्लेख गर्दै आफुलाई पनि फेरी भाषण गराउन बोलाएको चर्चा गर्दै पढाउने पेसामा संलग्न भएकोले जति पनि भाषण दिन सक्ने कुराको प्रसंग ल्याउँदै भाषणले देश विकास नहुने भन्नु भयो l सबैले सबैको संस्कृतिलाई तथा एक जातिले अर्का जातिलाई सम्मान गर्न सक्नु पर्छ भन्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो l वक्ता डा सुकदेव शाहले नेपाल संस्कृतिमा धनि तर विकासमा गरिब भन्ने कुराको चर्चा गर्नु भएको थियो lअर्का वक्ता डा श्याम कार्कीले हरेक मुलुकको लागि भाषा महत्व हुन्छ भन्दै डा राइ भाषाका ज्ञाता भएकोले अतिथिसंग केहि जान्ने चाहेको कुरा उल्लेख गर्नु भएको थियो l
अमेरिका नेपाल समाजका अधक्ष्य डा ठाकुर पुडासैनीले भाषा सम्बन्धमा नोवल किसोर राईबाट केहि सुन्न पाइने छ भन्दै खुशी व्यक्त गर्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो भने अर्का वक्ता डा बिबेक पाण्डेले संस्थागत विकास बारे कुराको चर्चा र परिचर्चा गर्नु भएको थियो l यसै गरि अर्का वक्ता डा चित्र कृष्ण तिवारीले पनि नेपालको बारेमा उल्लेख गर्दै नोवेल किसोरबाट कुरा जान्न पाईने भएकोमा हर्ष ब्यक्त गर्नु भएको थियो lप्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले आयोजकलाई धन्यबाद दिदै हरेक मुलुक र सबै देशमा चुनौती छ भन्ने बिचार व्यक्त गर्दै नोवेल किसोर राईलाई डिसीमा भेट्न पाउदा खुशी लागेको व्यक्त गर्नु भयो l
अमेरिकाको सबैभन्दा जेठो संस्था "अमेरिका नेपाल सोसाईटी वाशिंगटन डि० सी० का पुर्बअध्यक्ष खेम भट्टचनले बक्ताहरूको परिचय गराउनु भएको थियो र कार्यक्रम आयोजकहरूको तर्फबाट केमिका भण्डारी तथा मिलन राईले ले प्रा० डा० नोबल राई तथा महामहिम राजदूतलाई पुष्प गुच्छाले स्वागत गरेका थिए l
साहित्यकार सीता पाण्डेले स्वागत-भाषण गर्नुभएको थियो l वाशिंगटन डि० सी० महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपालीहरुको साझा चमेना गृह घर-ए-कबाबमा कार्यक्रमको आयोजना गरिएको थियो यस क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने संचारकर्मीहरुमा ईनेपालिज़ डटकम ,सगरमाथा टिभी युएस ए ,अमेरिका नेपाल टेलिभिजन तथा डिसी नेपाल डटकमको उपस्थिति रहेको थियो l
अमेरिका नेपाल टेलिभिजनका संचारकर्मी श्री बिनय अर्यालले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम गैर आवाशीय नेपाली संघ ,राष्ट्रिय समन्वयब समितिका पूर्व उपाधक्ष्य मिलन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l अन्तरक्रिया-कार्यक्रमका संयोजक खेम भट्टचनले धन्यवाद-ज्ञापन दिनु भएको थियो lअन्त्यमा कार्यक्रमको सभापति गर्नु हने मिलन राईले अतिथिलाई हामी सबै द्वारा कार्यक्रममा ल्याउन सकेको हो भन्दै उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो l अन्त्यमा कार्यक्रम रात्रीभोजमा परिणत भएको थियो l
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
नेपाली उखान '' कुलो र कुरोलाई जता लगे पनि हुन्छ '' हामी बिश्वमा जहाँ पुगे पनि र जहाँ रहे पनि हाम्रो दरिद्र सोचाईलाई साथमा लिएर हिडेका हुन्छौ l यस्को पछिल्लो उदाहरण यो पंतिकार गैर आवाशीय नेपाली संघको अधक्ष्य पदका प्रत्याशी तेन्जी शेर्पाबाट श्री गणेश गर्न चाहन्छ l
गैरआवासिय नेपाली संघको छैठौ अन्तर्राष्ट्रिय महाधिवेशनमा आउदो अक्टोबर महिनाको १९ र २० तारिखमा काठमाण्डौमा हुदैछ l नया समितिको चयन हुनेछ l चुनाबको ज्वरो अधिकांशलाई फुट्न थालेको छ l बिश्वका सबै मुलुकमा सबैलाई प्रजातन्त्रको हावा लागि सकको छ l हामी नेपालीलाई अरु मुलुक भन्दा ज्यादा प्रजातन्त्र लागेको हाम्रो ब्यबहार र हाम्रो सोचाईले प्रमाणित गरेको छ l अक्टोबरमा हुने एन आर एन को सम्मेलनको लागि अग्रिम रुपमा उम्मेदवारीको घोषणा जारी हुन् थाली सकेको छ l अधक्ष्य पदका उम्मेदवारहरुमा क्रमस राम प्रताप थापा ,शेष घले ,क्या. हितमान गुरुङ र पछिल्लो समयमा तेन्जी शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् l
अधक्ष्य पदका पछिल्ला उम्मेदवार तेन्जी शेर्पाले घोषणा पत्र जारी गर्न पाएको छैन ,केहि संचार माध्यममा शेर्पा बारेमा केहि अन्यौलका कुराहरु उठाएका छन् l आलोचना गर्नुलाई नकारात्मक मान्न सकिदैन तर वास्तविकता र यथार्थताको धरातल भित्र डुबुल्की नमारीकन समाचार बनाउनु र प्रकाशित गर्नु संचार माध्यम तथा संचारकर्मीहरु प्रति प्रश्न चिन्ह खडा हुन्छ l पत्रकरिताको धर्म सत्य ,तथ्य ,अनुसन्धनात्मक सोध ,खोज ,यथार्थता ,समानता ,निस्पक्षता अनि सम्पादन गरि समाचार प्रकाशित गर्नु पर्छ l ब्यबसायिक पत्रकारले हचुवाको भरमा समाचार प्रकाशित गर्दैन l
हामीले बिधानको ब्याख्या गर्ने जिम्मा पाएका छैनौ l बिधानको कुनै पनि धारा र दफाले महा सचिब पदमा आसिन ब्यक्तिले अधक्ष्य पदमा उम्मेद्वारी दिन पाईदैन भनि आवाशीय नेपाली संघमा उल्लेख गरिएको छैन l र बिधानको धारा १७.५.१ अनुसार पूर्ण अधिकार सहित अधक्ष्य पदमा उम्मेदवारी दिन पाउने छन् किनभने महासचिब तेन्जी शेर्पाले सचिब पदमा कार्यकाल पुरा गरि सकेका छन् l शेर्पा गैर आवाशीय नेपाली संघको बिधान अनुसार पूर्ण अनुपालन (कम्प्लायन्स) छनl
हामीले एन आर एनको बिधानलाई सडकमा ब्याख्या गर्ने हैन र यो काम गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिले निधो गर्छ l निर्वाचन आयुक्त र समितिले गर्ने छ l समितिले अधक्ष्य पदमा योग्य छ या छैन भन्ने गर्छ l हामीले नेपालको पान या चिया पसलमा बसेर चिया र पान खादै उपाधक्ष्य पदले अधक्ष्य बन्न सक्ने छ भन्ने जस्ता अल्प ज्ञानका कुरा प्रकाशित गर्नु र बिधान अध्यन नगरी छापामा दिनुले पूर्वाग्रह रहेको आभास आएको सबैले अनुभूति गरेका छन् lतेन्जी शेर्पा नेपाल मै बसी रहेका छन र कसरि गैर आवाशीय नेपाली भन्ने पनि छापामा देखिएकोले विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ,५.१. “गैरआवासीय नेपाली” भन्नाले नेपाली मुलको विदेशी नागरिक वा नेपालको चालु आर्थिक वर्षमा १८२ दिन भन्दा बढि दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरु वाहेकका अन्य देशहरुमा अध्ययन, पेशा रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउंदछ l
आफ्नो मातृभूमि फर्की देश सेवा गर्न फर्किएका शेर्पा कोरियन अभियंत्रणा (इन्जीनियरिंग )लाई प्रबर्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरे वापत सन् २०१० सिउल नगर कोरिया द्वारा मानार्थ नागरिक प्रदान गरेको छ l अर्को कुरा कोरिया सरकारलाई कर तिरी रहेका छन् l कानुनी तथा आधिकारिक रुपमा उनको पत्राचार र ठेगाना कोरिया मै छ l अमेरिकामा नेपाली मूलका मानिसले अस्थाई नागरिक पत्र (हरियो पत्र ) प्राप्त गरे पनि मात्री भुमि केहि समयको लागि भ्रमण गर्दैमा गैर आवाशीय नेपालीबाट बन्चित हुदैन र उनको त्यो कानुनी मान्यता खारेजी हुदैन l
कसरि उनि गैर आवाशीय नागरिक भएनन् ? आफ्नो मुलुक आउनु र सेवा गर्नु शेर्पाले गल्ति गरेका हुनत ? महा सचिब पद दिनु हुदैन थियो भन्ने आधारहीन समाचार प्रकाशितले लेखक र संचार कर्मीहरु प्रति अझ विश्वास घंटने हुन्छ किनभने तेन्जीले २००९ -२०११ सम्म सचिब भै काम गरेको अनुभव बटुलेका छन् भने कोरियाली भुमिमा १९८७ देखि नै रहेका छन l
हामी सबैले जे कुरालाई पनि राजनीति गर्नु हुन्न l प्रजातन्त्र प्रणालीको स्वर्णिम द्वार नै निर्वाचन हो l नया जोश र जागरको साथ युवा पिढीले नेतृत्व लिने सन्दर्भ आउदा स्वागत गर्नु पर्ने अवस्थामा अध्ययन ,सोध र खोज नगरी अध्यारोमा तिर चलाउनु हुदैन र लान्छना लगाउनुले आफ्नो मुख आफुले नै कालो बनाउने हुन्छ l जब निर्वाचन र नया समितिको परिवर्तनको कुरा आउछ , समाज भाड्ने र टुक्र्याउने र फोहोर पानीमा माछा मार्नेबाट होसियार हुनु नै बुद्धिमान हुन्छ lबिद्ध्वत वर्गले आधारहीन ,सत्य तथा तथ्य कुरा प्रति मात्र कान ठाडो बनाउने छन् भन्ने विश्वास छ l कुनै पनि पद कसैको बपौति हुदैन र प्रजातन्त्रमा र प्रजातान्त्रिक परिपाटीमा बिधान अनुसार सबैले लड्न मौका पाउने छ l अमेरिकाको राष्ट्रपति बन्न अमेरिकामै जन्मेको हुनु पर्दछ र नेपाली व्यक्ति भारतमा जन्मे पनि नेपालको नागरिकता लिए पछि नेपालको कुनै पनि पदमा पाउने छ l लडन संबिधान तथा कुनै पनि विधानले बन्चित गर्दैन l
जब निर्वाचन नजिकिन्छ यस्ता आरोप र प्रत्यारोप सतह बाहिर आउने गर्दछन र दूधको दूध पानीको पनि छुट्याउने काम सम्बन्धित निकायले गर्ने छ l हामीले बाहिर बसेर उम्मेदवारलाई औला देखाउने भन्दा उम्मेदवारले के कस्ता भावी कार्यक्रम लिएर गैर आवाशीय नेपाली संघलाई अगाडी बढाउने छ र कस्तो मार्ग चित्र कोर्ने छ भन्ने कुराले महत्व राख्दछ l
युवा पिढीहरु भनेका सम्भावनाका भण्डार हुन् l अदम्य शक्ति उनीहरुमा निहित हुन्छ l उनीहरु प्रोत्साहन चाहन्छ l हाम्रो धर्म ,कुनै राजनीति गर्ने नभै संघ तथा संस्थाको भबिश्य उज्ज्वलमय बनाउनु रहेकोले यिनै युवा पुस्तामा पर्ने गैर आवासीय नेपाली संघका अधक्ष्य पदका प्रत्यासी तेन्जी शेर्पाले अगि सार्नु भएका घोषणा पत्रका बुदाहरु अत्यन्तै सान्दर्भिक छन् l कुर्सि मोहको लागि मात्र उम्मेदवारी नहोला भन्ने पूर्ण विश्वास बिश्व समुदायले लिएको छ lउठाएका मुद्धाहरु कार्यान्वन हुन् सके बिश्व भर छरिएर रहेका नेपालीको लागि युवा नेतृत्वका उदाहरण बन्ने छन् l
नेतृत्व माथि टिका टिप्पणी आउनु स्वाभाविक हुन्छन तर जिली गाठी नबुझी अधक्ष्य पदको लागि अयोग्य र हुने नसक्ने जस्ता नकारात्मक समाचारलाई पाठकले पचाउन गार्हो हुन्छ l शेर्पा गैर आवाशीय नेपाली संघको अधक्ष्य पदको लागि योग्य छैनन् भन्नु भनेको नै एउटा योग्य तथा अनुभवी युवा पिढीलाई अवसरबाट बन्चित गर्नु हो lहामीले कुन उम्मेवार उचित र को अनुचित भन्ने भन्नु भन्दा सबै योग्य छन् भन्ने बिचार राख्दा राम्रो हुने छ lयदि तर्क र बहस मात्र हो गर्ने हो भने भालुलाई पुराण सुनाउने कथा जस्तै हुनेछ l शेर्पाले कोरियाबाट उर्जा तथा नियन्त्रण पद्दतिमा स्नातकोत्तर अभियंत्रणा (इन्जिनियरिङ्ग )गरेका छन् भने उर्जा पद्दतिका बिद्या वारिधिका उम्मेदवार पनि हुन् l सन् २०१० देखि सियन इन्क कोरियाका वरिस्ठ प्रबन्धक भै हाल नेपाल मै कार्यरत रही आएका छन् l
सबै उम्मेदवार हाम्रा साझा हुन् l नेतृत्व वर्गले संस्थाको भाग्य कोर्ने भएकोले कसले नेतृत्व लिने हो त्यो अक्टोबरमा हुने महाधिवेसनले फैसला गर्ने छ l उम्मेदवारलाई अहिले नै आलोचना र उम्मेदवारी प्रति नकारात्मक लेखि दिदा अलिक समय भन्दा छिटो हुने हुन्छ तसर्थ हामी कलम चलाउनेले एक पटक घोत्लिनु जरुरि हुन्छ l
..............................................................अस्तु .
विजय
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
बिनोद श्रेष्ठ "क्रान्ति"दुबई,१५ जुन- नेपाली युवा मन्च यु.ए.ई को बिशेष पहलमा हिजो शुत्रबार अजमानमा लोकनाथ निरैालाको नेतृत्वमा ११ सदस्यिय नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार गह्यो।नेपाली युवा मंच यु.ए.ई ले आफ्नो संगठन विस्तार नितिलाई तत्कालिन पहिलो कार्य योजनामा राखेकोले केन्द्रिय तदर्थ कमिटि गठन भएको एक हप्ता वित्न नपाउदै अजमान जस्तो ठाउँमा आफ्नो क्षेत्रिय समिति विस्तार गर्न सफल हुनुलाई यु.ए.ई मा अर्थ पूर्ण तरिकाले हेरिएको छ।
एकिकृत नेकपा माओवादी निकट बिशुद्द राजनितिक संस्था नेपाली युवा मंच यु.ए.ई को केन्द्रिय सल्लाहकार तथा जनप्रगतिशिल मंच यु.ए.ई अजमान क्षेत्रिय संगठन विभाग प्रमुख मिलन गुरुङ, युवा मंचको केन्द्रिय उपाध्यक्ष खेम गुरुङ तथा जनप्रगतिशिल मंच यु.ए.ई अजमान क्षेत्रिय सल्लाहकार बालकुमार बस्नेतको विशेष उपस्थितिमा सन्चालित उक्त कार्यक्रम महान जनयुद्द तथा जनआन्दोलन र देश परिवर्तन गर्न आफ्नो प्राण आहुति दिनु हुने शहिद प्रति एक मिनेट मौन धारण गर्दै कार्यक्रम सुरु भएको थियो। नेपाली युवा मंच यु.ए.ई क्षेत्रिय समिति अजमान को नयाँ कार्य समितिलाई शुभ कामना तथा बदाई दिदै केन्द्रिय उपाध्यक्ष खेम गुरुङले संस्थाको भावी काम,कर्तव्य र जिम्मेवारीको बारेमा स्पष्ट धारणा राखेका थिए।
मन्तब्यको क्रममा नेपाली युवा मंच यु.ए.ई को केन्द्रिय सल्लाहकार तथा जनप्रगतिशिल मंच यु.ए.ई अजमान क्षेत्रिय संगठन विभाग प्रमुख मिलन गुरुङले नयाँ जोश र जागरका साथ अघि बड्न सम्पुर्ण यु.ए.ई रहेका बामपन्थी,क्रान्तिकारी ,जोशिला युबाहरूलाइ प्रतिक्रियाबाद ,यथास्थितिबाद , जडसुत्रबाद र बिसर्जनबादका बिरुद्द शंघर्ष गर्न एक्यबद्दता हुन आह्वान गरे। नयाँ नेतृत्वलाइ बदाइ तथा कार्यकालको शुभकामना दिदै जनप्रगतिशिल मंच यु.ए.ई अजमान क्षेत्रिय सल्लाहकार बाल कुमार बस्नेतले ११ सदस्यिय कार्य समितिको लिखित नामावली पढेर सुनाए।
जसमा उपाध्यक्ष सुरज गुरूङ्,सचिब कुमार मगर र कोषाध्यक्षमा युक्त मगर रहेका छन्। सदस्य हरूमा क्रमश: ललित गुरुङ,फडिन्द्र लामिछाने,दिल कार्की,तिल बहादुर गुरुङ,भक्त थापा ,कुमार सरु र माधव गिरि छन्।कार्यक्रमको अन्तमा आफ्नो एक्यबद्दता सधै पार्टी र बिचार सँग रहेने भएकाले निश्चिन्त भइ अधि बड्न साथ दिनुहुने समस्त कमरेड हरू प्रति आभारी ब्यक्त गर्दै नबनियुक्त अध्यक्ष निरैालालेकार्यक्रम समापन गरेका थिए।
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
अमेरिकाको बोस्टनमा सक्रिय साहित्यिक समूह “सिर्जना उत्सव” ले शुक्रबार साहित्यकार गोविन्द गिरी प्रेरणाको कविता वाचन कार्यक्रम आयोजना गरेको छ।“सर्जकसंग एक साँझ” नामक कार्यक्रममा शुक्रबार साहित्यकार प्रेरणालाई प्रस्तुत गरेको हो। साहित्य, कला र संगीतसंग सम्बन्धित व्यक्तित्वको सम्मानमा आयोजना गरिने रात्रिभोज र सिर्जना प्रस्तुतिको पहिलो शृंखलामा अमेरिकाको डिसीमा बसोबास गर्दै आएका प्रेरणालाई प्रस्तुत गरिएको हो। कार्यक्रममा प्रेरणाले आफ्नो लेखन यात्राका बारेमा जानकारी गराउदै आठवटा लामा छोटा कविता प्रस्तुत गरे। मौलिक, सम्पादित र अनुदित गरि तीन दर्जन भन्दा बढी कृतिका सर्जक प्रेरणाले बोस्टनका प्रतिनिधि सहित्यिकार माझ आफ्नो सिर्जना प्रस्तुत गर्न पाएकोमा हर्षित भएको बताए।
कार्यक्रममा ग्रेटर बोस्टन नेप्लिज सोसाइटीका अध्यक्ष मिलन गुरुङले आफ्नो कविता बाचन गर्दै आयोजक संस्थाको प्रसंसा गरे भने पशुपतिनाथ बुद्ध फाउण्डडेसनका अध्यक्ष बिष्णुमणि आचार्यले आफुले कविता न लेखेको भए पनि अरुको कविता राम्ररी वचन गर्ने कला आफुमा रहेको बताए।
कार्यक्रममा साहित्यकार शिव गौतम, दिनेश राजभण्डारी, भारती गौतम, महेश्वर पन्त, गोवर्धन पूजा सुरेश वाग्ले, दीपा राई पुन, ममता कर्माचार्य, अनु शाह, लक्ष्मण कट्टेल, बिष्णुमाया परियार, मधुकर अधिकारी, भुवन गुरुङ, आँशुलक्ष्मी राजभण्डारी, ज्ञानप्रसाद शर्मा, अजय आचार्य लगायतले सिर्जना वाचन एवं मन्तव्य व्यक्त गरे । कार्यक्रमको समापनमा कार्यक्रमका सभापति एवं सिर्जना उत्सवका संयोजक साहित्यकार गोवर्धन पूजाले आगामी कार्यक्रम बोस्टनको क्याम्ब्रिजमा हुने जानकारी दिए। उनले निकट भविष्यमा बोस्टनमा नेपाली सामुदायिक भवन निर्माण अभियानमा लागेको पशुपतिनाथ बुद्ध फाउण्डडेसनको रकम संकलनका लागि टिकेटमा कवि गोष्ठी गरिने पनि बताए।
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
बाबुराम श्रेष्ठ, भारेजे, ईटाली :- सन् २०१३ जुन १०, ईटाली - गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.), रास्ट्रिय समन्वय परिषद ईटालीका अध्यक्ष डा. अनिल भट्टराई र महासचिब श्री शेर बहादुर रानाको नेतृत्वमा ईटालीयन प्रोफेसर, डाक्टर र टेक्निसियनहरुको ७ सदस्सीय प्रतिनिधी मण्डल यहि सन् २०१३ मई १६ देखि २८ तारिख सम्म नेपालमा स्वास्थ्य एवं शैक्षिक भ्रमण पूरा गरि ईटाली फर्केको छ । यस मिसनमा “द हर्ट अफ चिल्ड्रेन” का अध्यक्ष प्रोफेसर विक्तोरियो भानिनी पेडियाट्रिक कार्डियाक सर्जन ( मिलानो), प्रोफेसर कार्लो मास्सिनी, कार्डियाक सर्जन (आन्कोना), प्रोफेसर लुईजी बाल्लेरिनी, पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिस्ट (रोम) , डा. तित्ससियाना फ्रागास्सो – आनेस्तेजियोलोजिस्त (रोम), श्री जुजेप्पे गिस्लांदी- चिफ पर्फुजनिस्ट (बेर्गामो), डा. अनिल भट्टराई - कार्डियो-भास्कुलर सर्जन (पादोभा), र महासचिब श्री शेर बहादुर राना (भारेजे) को संलग्नता रहेको थियो । सो टोलीलाइ नेपाल प्रस्थान गर्नु अगाडी एनआरएनए ईटालीका पदाधिकारीहरु द्वारा मिलानको माल्पेन्सा एयरपोर्टमा हार्दिक धन्यबाद तथा बिदाइ गरिएको थियो भने नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा विभिन्न महानुभवहरुले स्वागत गरेका थिए । मई १७ २०१३ को दिन उक्त टोलीले मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डा. भगवान कोईराला संग भेटघाट तथा छलफल गरेको थियो ।

मई १८, २०१३ को दिन सो टोलि काठमाण्डौ बाट पोखरा को लागि प्रस्थान गरेको थियो, पोखरा विमानस्थलमा ईटालियन संस्थाहरुको सहयोगमा संचालित “गोनेसा” नामक संस्थाका बिशिष्ट व्यक्तिहरु द्वारा टोलीलाई स्वागत गरिएको थियो त्यस पछि लगत्तै सो टोलि पोखरा बाट पर्बत को लागि प्रस्थान गरेको थियो, उक्त टोलि पर्बत जिल्लाको तिलाहार गा.बि.स. स्थित डिमुवा बजार पुग्दा श्री नव जागृत उच्च मा.बि.का प्रधानध्यापक श्री बिष्णु सुबेदी, विधालय संचालक समितिका पदाधिकारीज्यूहरु लगाएत प्रतिष्ठित व्यक्तिहरु द्वारा स्वागत गरिएको थियो । उक्त दिन सो टोलि डा. अनिल भट्टराईको जन्मस्थल तिलाहार गा.बि.स.को दराक गाउँ सम्म पैदल यात्रा गर्दै पुग्दा दराक गाउँबासीहरु नेपाली पन्चे बाजा, अबिर र फुलमालाले टोलीलाई स्वागत गरेका थिए । ईटालियन पाहुनाहरुले जीवनमा पहिलो पटक यस्तो स्वागत र सत्कार पाएकोमा उपस्थित सबैलाई धन्याबाद दिदै नेपालीहरुको सत्कार बिश्वकै राम्रो सत्कार भएको अभिव्यक्ति व्यक्त गरेका थिए । दराकबाट बिदा भई टोलि पर्बत जिल्लाको सदरमुकाम कुश्मा पुग्दा टोलीलाई स्वागत गर्न बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, बुद्धिजीवी बर्ग र गैर सरकारी संस्थाका पदाधिकारीहरु उपस्थित भएका थिए । उपस्थित सबैले टोलीलाई पर्बत जिल्लामा स्वागत गर्दै नेपाल र नेपालीहरुलाई सहयोग गर्ने उद्धेस्य लिएर नेपाल आएकोमा टोलीलाई धन्यवाद ज्ञापन गर्दै चिनो स्वरूप पर्बत जिल्लामा उत्पादित नेपाल लेखियको झोला प्रदान गर्नु भएको थियो ।
मई १९, २०१३ को दिन टोलीले पर्बत जिल्ला स्थित नेपालकै अग्लो झोलुङ्गे पुलको अवलोकन गरेको थियो । त्यस पछि सो टोलि कुश्मा देखि पर्बतकै तिलाहार गा.बि.स.स्थित श्री नव जागृत उच्च मा. बि. पुगेको थियो, टोलि बिधालय पुग्दा बिधालयका प्रधानध्यापक श्री बिष्णु सुबेदी, अध्यापकहरु, बिधालयका संचालक समिती का पदाधिकारीहरु, अभिभावकहरु, त्यस क्षेत्रका बुद्धिजीवी महानुभवहरु पत्रकार मित्रहरु र बिधार्थी भाई बहिनिहरुको ताँतीले अबिर, खादा र फुलमालाले भब्य स्वागत गरेका थिए । कार्यक्रममा एनआरएनए ईटालीका अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर रानाले बिधालयलाइ एक थान कम्प्युटर र दुई लाख एक हजार एक सय एक रुपियाँको चेक बिधालयको प्रधानध्यापक श्री बिष्णु सुबेदीलाई पुस्तकालयको लागि सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रोफेसर विक्तोरियो भानिनीले नव निर्मित पुस्तकालयको रिबन काटेर उद्धघाटन गर्नु भएको थियो । त्यसै गरि अध्यक्ष डा. अनिल भट्टराईले रिबन काटेर र महासचिब शेर बहादुर रानाले बिधालयको कम्प्युटर अन गरि ई-पुस्तकालयको उद्धघाटन गर्नु भएको थियो । बरिस्ठ मुटु बिशेषज्ञहरु सहितको उक्त टोलीले रोग पर्बत जानुको मुख्य उद्धश्य अनुरुप बिधालयमा पठन पाठन गरि रहेका ३५० भन्दा बढी बालबालिकाको लगातार ७ घण्टा सम्म लगाएर मुटु सम्बन्धि स्वास्थ्य परिक्षण (Ecocardiography) गरेको थियो । त्यसै गरि लगभग ३५/४० जना अन्य बयस्क व्यक्तिहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । ईटालियन बिशेषज्ञहरुले परिक्षण गर्दा १० जनाको मुटु सम्बन्धि रोग भएको भेटिएको थियो भने,जस मध्ये तिन जनालाई तत्काल काठमाण्डौ बोलाएर पुन परिक्षण गरिएको थियो र डा. अनिल भट्टराई नेपाल फर्के पछि तिनै जना बिरामीको अप्रेसन गर्ने निर्णय गरिएकोछ । बिरामीहरुको सम्पूर्ण खर्च संस्थाले नै ब्योहरेको र अप्रेसनमा लाग्ने सम्पूर्ण खर्च पनि संस्थाले नै ब्योहरने निर्णय गरिएकोछ । कार्यक्रमको अन्तमा उक्त बिशेषज्ञहरु सहितको टोलीलाई बिशेष धन्याबाद दिदै बिधालयका प्रधानध्यापक, बिधालय संचालन समितीका पदाधिकारीहरु, अभिभावकहरु र बिधार्थी भाई बहिनीहरुले चिनो स्वरूप खुकुरी प्रदान गरि हार्दिक बिदाई गरेका थिए ।
त्यस पछि उक्त टोलि पर्बत देखि पोखराको लागि प्रस्थान भएको थियो । टोलिलाई पोखरामा नेपाली संग बिहे गरि ब्यापार गर्दै रहनु भएकी ईटालियन चेलीले स्वागत गर्नु भएको थियो भने ईटालियन संस्थाहरुको सहयोगमा संचालित गैर सरकारी संस्था गोनेसा ले रात्रि भोजको आयोजना गरेको थियो । मई २०, २०१३ को बिहान सो टोली सेती बाढी पिडितहरुको परिवारलाई भेट्न घटना स्थल वरिपरिका बस्ति हरुमा पुगेको थियो । सो अवसरमा अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर रानाले हाल सम्म पनी आफ्नो निजि घर नभएका १६ परिवारलाई पिडित हरुका घर घर सम्म गएर एन.आर.एन.ए. ईटालीको तर्फ बाट राहत स्वरूप नगद एबं परिवार संख्या अनुसार टि-सर्ट लगाएतका कपडाहरु प्रदान गर्नु भएको थियो । पिडित परिवारहरुले यसरी घर- घर आएर सहयोग गरेकोमा एन.आर.एन.ए. ईटालीलाइ बिशेष धन्यबाद दिएका थिए ।
(सेती बाढी पिडितलाई एन.आर.एन.ए. द्वारा सहयोग प्रदान गर्दै)
त्यसै दिन टोलिले पोखरा स्थित ईटालियन संस्थाहरुको सहयोगमा संचालित “ गोनेसा ” नामक संस्थाका बिशिष्ट व्यक्तिहरु संग अन्तरक्रिया पनि गरेको थियो । पर्बत र पोखराको सम्पूर्ण कार्यक्रम पुरा गरि उक्त टोलि टोलि त्यसै दिन बेलुकी काठमाण्डौ फर्केको थियो ।
उक्क्त टोलीले भ्रमणको सिलसिलामा गंगालाल ह्रदय रोग केन्द्र काठमाडौँमा १० जना जन्मजात मुटुमा प्वाल एवं दुइ ठूला धमनीको बिचमा जन्मजात हुने सानो नली PDA (जुन नहुनु पर्ने हो) को निशुल्क सफल सल्यक्रिया (Device Closure) सम्पन्न गर्नुका साथै उक्क्त प्रविधी सम्वन्धी सो केन्द्रका चिकित्सकहरुलाई तालिम पनि दिलाएको थियो । त्यस्तै गरि ईटालीयन टोलीले मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल ह्रदय रोग केन्द्रमा मुटुको जन्मजात रोग भएका बच्चाहरुको सल्यक्रिया नेपाली चिकित्सकहरु संग मिलेर सम्पन्न गरेको थियो । त्यसै गरि दुवै अस्पतालहरुलाई भल्ब, कनडुइट र मुटु सम्वन्धी उपचारमा लाग्ने सामानहरु पनि सहयोग स्वरूप प्रदान गरको थियो । मिसनको अन्त्य मा ईटालियन बिशेषज्ञ हरुका सम्मानमा कार्डियाक सोसाइटी अफ नेपालले काठमाण्डौ स्थित शंकर होटेलमा एक रात्रि भोजको आयोजना गरेको थियो जसमा त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक एबं बरिष्ठ हृदय शल्य चिकित्सक तथा कार्डियाक सोसाईटी अफ नेपालका अध्यक्ष प्राध्यापक डा. भगवान कोइराला, गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. मन बहादुर के.सी. लगाएतका बिशिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको थियो भने प्रोफेसर भित्तोरियो भानिनी र प्रोफेसर लुईजी बाल्लेरिनीले शिक्षा मुलक लेक्चर हरु दिनु भएको थियो ।
यो मिसनको सम्पूर्ण आर्थिक भार एनआरएनए ईटाली को संयोजनमा The Heart of Children भन्ने सस्थाले व्योहरेको थियो थियो । यस संस्थाका निर्देशक प्रोफेर्सर भित्टोरियो भानिनिले यस मिसनको खर्च लगभग ५० लाख नेपाली रुपैया भएको कुरा पनि जानकारी गराउनु भएको छ । मई २८, २०१३ मा ईटालियन बिशेषज्ञहरु ईटाली का लागि प्रस्थान गर्नु भएको थियो भने २९ मई २०१३ को दिन अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर राना पाल्पा रामपुर प्रस्थान गर्नु भएको थियो । डा. अनिल भट्टराई र शेर बहादुर रानालाई पाल्पा रामपुर स्थित विभिन्न अस्पतालका संचालक, प्रबन्धक र डाक्टरहरुले पाल्पाली ढाका टोपी लगाई स्वागत गर्नु भएको थियो । डा. अनिल भट्टराईले पाल्पा रामपुरमा पनि ३५/४० जना मुटु रोगीहरुको निशुल्क परिक्षण गर्नु भएको थियो भने वहाँले पाल्पा रामपुर स्थित नेपाल सरकारको क्षेत्रिय अस्पतालको अवलोकन पनि गर्नु भएको थियो । जुन ०६, २०१३ को दिन अध्यक्ष डा. अनिल भट्टराई र महासचिब लगाएत एनआरएनए ईटालीको अन्य सदस्यहरुको बाक्लो उपस्थिति माझ एनआरएनए को काठमाण्डौ टेकु स्थित मुख्य सचिवालयका कार्यकारी निर्देशक श्री राजेश राणालाई एनआरएनए भवन निर्माणको लागी एक लाख दश हजार रुपियाँ हस्तान्तरण गर्नु भएको थियो । त्यसै दिन टोलीले एनआरएन इन्भेस्टमेन्ट प्रा.लि.को कार्यलय गई सामूहिक लगानीको बारेमा जानकारी लिएको थियो । त्यसै गरि एन.आर.एन.ए. ईटालीको प्रतिनिधि मण्डलले ऐक्यबद्धता मासिक पत्रिकाको कार्यलय मा गई त्यसका निर्देशक संग भेटघाट गरेको थियो भने ऐक्यबद्धता मासिक पत्रिकाका सम्बाददाताले एन.आर.एन.ए. ईटालीले सम्पन्न गरेको मिसन को बारेमा बिशेष अन्तरबार्ता लिनुभएको थियो । एन.आर.एन.ए. ईटालीको टोलिले नेपाल भ्रमणको क्रममा अन्य विभिन्न संघ संस्था लगाएत नेपालका बिशिष्ट ब्यक्तित्वहरु संग पनि भेटघाट गरेको थियो । अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर राना एनआरएनए ईटालीको बिशेष सक्रियतामा आयोजित “ नेपाल मिसन २०१३ ” सम्पन्न गरि ०७ जुन २०१३ को दिन ईटाली आई पुग्नु भएको छ ।
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
नेपलिज सेफ एसोसिएसन यूकेले आफ्नो प्रथम राष्ट्रिय अधिवेशनको तयारी भइरहेको जनाएको छ । आगामी २३ जुलाईका दिन हुने तय भएको उक्त अधिवेशन सफल बनाउन विभिन्न जिम्मेवारी बांडफांड समेत गरि तयारी तीव्र पारिएको हो ।

गत मंगलबार एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा एज एसिया रेष्टुरेन्टमा सम्पन्न संस्थाको नियमित बैठकले प्रतिवेदन लेखन समितिको संयोजकमा विजन भट्ट, हल व्यवस्थापन संयोजक ठाकुर ढुंगाना, खाना व्यवस्थापन संयोजक खेम ढकाल, अतिथि निमन्त्रणा एवं सत्कारमा अध्यक्ष कृष्ण तिमिल्सिना, निर्वाचन समिति संयोजकमा रामशरण सिंखडा, विजन भट्ट र जीतमान पाख्रिन, प्रतिनिधि चयन संयोजक रामचन्द्र सुवेदी, स्वयंसेवक व्यवस्थापन मोहन वली, आर्थिक व्यवस्थापन संयोजक दधि आचार्यलाई जिम्मेवारी दिएको छ ।
अधिवेशन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा अपरान्ह १ बजेदेखि उद्घाटन सत्र र २ बजेदेखि बन्द सत्र साथै साँझ ७ बजे घोषणा सभा र लगत्तै रात्रीभोज आयोजना गरिने कार्यक्रम छ । बैठकले हालै सम्म संस्थाको पारिवारिक भेटघाट सफल भएको निष्कर्ष निकाल्दै सहयोगी सबैमा धन्यवाद दिएको छ । उक्त बैठकले बैठक स्थल उपलव्ध गराइदिएकामा एज एसिया, रेष्टुरेन्ट स्लाउका सञ्चालक सुरेन्द्र श्रेष्ठप्रति आभार समेत व्यक्त गरेको छ ।
उक्त बैठकमा अध्यक्ष तिमिल्सिना, सहसचिव भीमलाल भट्टराई, कोषाध्यक्ष दधि आचार्य, सदस्यहरु मोहन वली, ठाकुर ढुंगाना, रामचन्द्र सुवेदी, खेम ढकाल, धर्मागत चापागाईं र सल्लाहकारहरु रामशरण सिंखडा एवं जीत पाख्रिनको उपस्थिति थियो । सचिव भुपेन्द्र पाठक, सदस्यहरु राजु बोहोरा, राजेन्द्र त्रिपाठी र सरोज केसीले भने सहभागी हुन असमर्थता जनाउँदै एपोलोजी पठाएका थिए ।
Thursday, 20 June 2013 07:48 - Brussel Nepal
कृष्ण न्यौपाने - सोलिडारिटी इन्टरनेशनल मलेसियाको अध्यक्षमा प्रेम गौतम चयन भएका छन् । मलेसियाको पासा वेष्टपोर्टमा शुक्रवार सम्पन्न भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नब निर्बाचित सोलिडारिटी इन्टरनेशनल मलेसियाको उपाध्यक्षमा दिभाकर पौडेल र रमेश शर्मा, सचिवमा झबीलाल गौतम, कोषाध्यक्षमा घनश्याम शर्मा, सह-सचिबमा तोयानाथ गौतम चयन भएका छन् । यसैगरी सदस्यहरूमा टेक बहादुर छेत्री, कृष्ण प्रसाद गैरे, दिल बहादुर खत्री, जनक थापा र प्रकाश गौतम रहेका छन् ।
अधिबेशन सम्पन्न भए लगतै बसेको समितिको प्रथम बैठकले विभिन्न सामाजिक निर्णय गरेको बुझिएको छ।
गएको १२ मे २०१३ मा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष राजेन्द्र गौतमको उपस्थितिमा हुने भनिएको अधिवेशन बिबिध कारण बश उहाँको उपस्थिति हुन नसकेकाले मिती सारी जुन १५, २०१३ मा मलेसियाको पासा वेष्टपोर्टमा गरिएको हो ।
अपरान्हको चार बजे सुरु भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्बाचित अध्यक्ष गौतमले मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सबैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल मलेसियाको स्थापना भएको बताएका थिय ।
बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ स्थापित सोलिडारिटी इन्टरनेशनलले केही दिन अघि मात्रै अमेरिकामा पनि आफ्नो च्याप्टर बिस्तार गरेको थियो ।
Page 1 of 27